रुकुम पश्चिम, साउन २३ — रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार झुल्नेटा बजारबाट किराना सामान लिएर खुम्चेरीतर्फ जाँदै गरेको लु प्र ०१–००१ प ७८७ नम्बरको ट्याक्टर आज अपराह्न करिब ४ बजे सडकबाट करिब २५० मिटर तल खसेको थियो।
दुर्घटनामा सल्यान जिल्लाको दार्मा गाउँपालिका–५, भट्टेनी निवासी अन्दाजी २७ वर्षीय बुद्धिमान खडकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता हरिप्रसाद पुनले जानकारी दिनुभयो।



































प्रतिक्रिया