राजनिती

रास्वापाद्वारा रुकुम पूर्वमा हस्ताक्षर अभियान



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले आफ्ना सभापति रवि लामिछानेमाथि सरकारबाट गरिएको राजनीतिक प्रतिशोध भएको दाबी गर्दै रुकुम पूर्वमा हस्ताक्षर अभियान सञ्चालन गरेको छ।

मंगलबार रुकुम पूर्वको सदरमुकाम रुकुमकोटस्थित नेपाल बैंक अगाडि पहिलो चरणको हस्ताक्षर संकलन गरिएको हो।

रास्वापा रुकुम पश्चिमका सभापति मनबहादुर शाहीका अनुसार मंगलबार मात्र ३५२ वटा हस्ताक्षर संकलन गरिएको छ।

उनका अनुसार दोस्रो चरणको हस्ताक्षर अभियान साउन १४ गते, बुधबार, कमलदह परिसरमा आयोजना गरिनेछ।

शाहीले पार्टी नेतृत्वको अराजनीतिक व्यवहार, स्वेच्छाचारिता र संस्थागत कमजोरीप्रति असहमति जनाउँदै अभियान शान्तिपूर्ण तरिकाले अघि बढाइएको स्पष्ट पारे।

“पार्टीभित्र पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक आचरण हराउँदै गएकाले यस्तो अभियान आवश्यक भएको हो,” उनले बताए।

कमलदहमा हुने दोस्रो चरणको कार्यक्रममा हस्ताक्षर संकलनसँगै विचार आदान–प्रदान, समसामयिक विषयमा छलफल तथा पार्टी नेतृत्वप्रति जनमत अभिव्यक्त गरिने जनाइएको छ।

प्रकाशित : १४ श्रावण २०८२, मंगलबार, ,