काठमाडौँ — डेनमार्कमा सम्पन्न १४ वर्षमुनिको प्रतिष्ठित डाना कप फुटबल प्रतियोगितामा नेपाली टोलीले उपाधि जित्न सफल भएको छ।
गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपालको संयुक्त टोलीले यो ऐतिहासिक सफलता हासिल गरेको हो।
फाइनल खेलमा नेपाली टोलीले केन्याको प्रतिनिधिमण्डललाई ३–० ले पराजित गर्दै उपाधि चुमेको हो। निर्णायक खेलमा रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले एक–एक गोल गरेका थिए।
यसअघि सेमिफाइनलमा नेपाली टोलीले यूएईको आईएफए स्पोर्ट्सलाई पनि ३–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।














प्रतिक्रिया