रुकुमपूर्वको सिस्ने गाउँपालिका -८ स्थित स्यालापाखा आधारभूत विद्यालयमा शिक्षक–अभिभावक संघको नयाँ कार्यसमिति गठन गरिएको छ। मंगलबार आयोजित भेलाबाट शिक्षक अभिभावक संघको नयाँ कार्यसमिति गठन गरिएको हो।
तारा सुनारको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरिएको विद्यालयका प्रधानाध्यापक हिरालाल पुनले जानकारी दिए।
कार्यक्रम गोपाल पुनको अध्यक्षतामा सुरु भएको थियो भने सिस्ने गाउँपालिकाका कार्यपालिका सदस्य थलबहादुर सार्कीको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै सहायक प्रधानाध्यापक ससिराम पुनले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक हिरालाल पुनले गर्नुभएको थियो।















प्रतिक्रिया