राजनिती

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रुकुमपूर्व काठमाडौं सम्पर्क समन्वय समितिको प्रथम भेला सम्पन्न



काठमाण्डौ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रुकुमपूर्व काठमाडौं सम्पर्क समन्वय समितिको प्रथम भेला भव्य रूपमा सम्पन्न भएको छ। शनिबार काठमाडौँको बनस्थलीमा आयोजित उक्त भेलाले लालमाया बुढाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

भेलामा नव-निर्वाचित अध्यक्ष लालमाया बुढा तथा सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई बधाई एवं शुभकामना व्यक्त गरिएको थियो। नयाँ नेतृत्वले संगठनलाई अझ सशक्त, क्रियाशील र स्थानीय तथा राष्ट्रिय एजेन्डामा केन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा संगठन विस्तार, महिला सशक्तिकरण तथा आन्दोलनप्रति प्रतिबद्धता अभिवृद्धिका विषयमा विविध विचार–विमर्श गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री, सांसद तथा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्य कमला रोका रहनुभएको थियो। विशेष अतिथिहरूमा केन्द्रीय सदस्य तथा पार्टीका रुकुमपूर्व जिल्ला संयोजक कुमारी बराल, संघका केन्द्रीय सचिव जुना पुन मगर, सम्पर्क समन्वय समिति इन्चार्ज तथा प्रदेश कमिटी सदस्य मरिचमान पुन, प्रदेश सदस्य जे.बी. मगर (प्रभात), विजय केसी (विकल्प), लुम्बिनी प्रदेश सम्पर्क समिति महिला अध्यक्ष इन्दिरा रोका मगर, राष्ट्रिय मुक्ति मोर्चा बागमती प्रदेशका सह–सचिव खगेन्द्र बुढा मगर, तथा सचिव फर्कमान बुढा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा अतिथिहरूले महिला संघको ऐतिहासिक भूमिका, वर्तमान चुनौती र अवसरबारे धारणा राख्दै महिला सहभागिता अझ व्यापक बनाउनुपर्नेमा जोड दिनुभएको थियो।

प्रकाशित : १२ श्रावण २०८२, आइतबार, ,