नेकपा एमाले रुकुम पूर्वले सिफारिस गरेको नामभन्दा फरक व्यक्तिको नाम प्रतिनिधि सभा समानुपातिकतर्फको बन्द सूचीमा समावेश भएपछि विवाद उत्पन्न भएको छ । जिल्ला पार्टीले सिफारिस गरेको तीनजनामध्येबाट नभई फरक व्यक्तिको नाम बन्द सूचीमा समावेश भएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको हो । नेकपा एमाले रुकुम पूर्वले पुस १० गते भावना बुढाथोकी, केशकुमारी तुलाचन र कमानसिंह डाँगीको नाम…