रुकुम पूर्व । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले नेपालको वर्तमान राजनीतिक अवस्थाले समाजवादी क्रान्तिको आवश्यकता अझ बढेको बताएका छन् ।
बुधबार अखिल (क्रान्तिकारी) रुकुम पूर्वद्वारा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीले लिएको धर्मनिरपेक्षता र समाजवादको एजेन्डालाई समान ढंगले अगाडि बढाउन आग्रह गरे । समाजवाद र साम्यवादको लक्ष्य हासिल गर्न पुनः समाजवादी क्रान्तिको आवश्यकतामा उनले जोड दिए ।
रेग्मीले २०५२ सालतिर सुरु भएको दशक लामो सशस्त्र संघर्षको स्मरण गर्दै वर्तमान संघीय सरकारको कमजोरीका कारण संविधान कार्यान्वयनमा चुनौती देखिएको बताए । “७ अर्ब खर्च गरेर चुनाव जित्ने शक्ति यहाँ छ, तर २०६२/६३ को आन्दोलनबाट गरिएको ठूलो अपेक्षा पूरा हुन सकेको छैन,” उनले भने ।
२००७ सात सालको क्रान्तिपछि २०१७ सालमा अर्को परिवर्तन आयो, त्यस्तै क्रमसः हुँदै अहिले २०८२ सालमा पनि ठूलो विद्रोह भयो । तर जेनजिको आन्दोलन कसरी सञ्चालन भयो भन्ने अझै स्पष्ट छैन । यो भू–राजनीतिक विषय हो।” यसले सफलता पाएपनि असफल भएको जस्तो अनुभूति भएको छ । उनले भने ।
उनका अनुसार लामो संघर्षपछि स्थानीय तहमा सत्ता आए पनि परिणाम दलाल पुँजीपति वर्गको जित जस्तै देखिएको छ । “जिते पनि हारेजस्तो अवस्था छ,” रेग्मीले भने, “अब समाजवादी क्रान्तिको बाटो रोज्नैपर्छ । वर्तमान संकटलाई व्यक्तिगत परिवर्तन होइन, सामूहिक प्रयासबाट मात्र समाधान गर्न सकिन्छ ।”



































प्रतिक्रिया