रूकुम पूर्व । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेस रूकुम पूर्वले उम्मेदवार सिफारिस गरेको छ ।
नेपाली काँग्रेस रूकुम पूर्वका कार्यवाहक सभापति भीमबहादुर खड्काका अनुसार पार्टीले प्रतिनिधि सभा प्रत्यक्षतर्फ कुसुमदेवी थापा, गंगासिंह बुढा र गणेश मल्ल गरी तीन जनालाई सिफारिस गरेको छ । त्यसैगरी समानुपातिकतर्फ जनजातिबाट लक्षिराम घर्ति तथा महिलाबाट सरिता विसी, कमला मल्ल र जुनमाया बुढा गरी चार जनाको नाम सिफारिस गरिएको छ ।
यसैगरी नेपाली काँग्रेस रूकुम पूर्वले राष्ट्रिय सभातर्फ पनि उम्मेदवार सिफारिस गरेको छ । जसअनुसार खुला तर्फ केशरमान रोका र अपाङ्गता कोटाबाट प्रकाश केसीलाई सिफारिस गरिएको कार्यवाहक सभापति खड्काले जानकारी दिए ।








प्रतिक्रिया