रूकुम पूर्व । रूकुम पूर्वको भूमे गाउँपालिका–३ काँडा बगरमा मंगलबार बिहान सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
पहिरोका कारण सवारीसाधन रोकिँदा यात्रुहरू बाटैमा अलपत्र परेका छन् । समाजसेवी चन्द्र रसाइलीका अनुसार निरन्तर पहिरो खसिरहेका कारण तत्काल सडक सञ्चालन हुने अवस्था छैन ।
यो सडक खण्ड पहिरोको उच्च जोखिमयुक्त मानिँदै आएको छ र पटक–पटक अवरुद्ध हुँदै आएको छ ।














प्रतिक्रिया