रुकुम पूर्व — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछानेविरुद्ध सरकारले राजनीति प्रतिशोध लिएको भन्दै सुरु गरेको हस्ताक्षर अभियान सम्पन्न भएको छ।
मंगलबारदेखि सुरु भएको उक्त अभियान बुधबार सिस्ने गाउँपालिका–५, कमलदहमा सम्पन्न भएको रास्वपाले जनाएको छ।
अभियानको पहिलो दिन, मंगलबार, रुकुम पूर्वको सदरमुकाम रुकुमकोटस्थित नेपाल बैंक अगाडिबाट हस्ताक्षर सङ्कलन सुरु गरिएको थियो। सो दिन ३५२ जनाले हस्ताक्षर गरेका थिए। आजको दिन भने १०५ जनाले मात्र हस्ताक्षर गरेका छन्।
रास्वपाले यो अभियानमार्फत सरकारको कदमप्रति जनमत सङ्कलन गर्ने उद्देश्य राखेको जनाएको छ।














प्रतिक्रिया