रुकुम पूर्व, साउन ०७, – रुकुमपूर्वको भूमे गाउँपालिका–९ खेतबगरमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। निरन्तरको वर्षाका कारण चुनवाङ–रोल्पा–दाङ भित्री सडक खण्डमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार बुधबार बिहान करिब ६:३० बजे पहिरो खसेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चुनवाङबाट प्रहरी सहायक निरीक्षक नेत्रलाल के.सी.को कमाण्डमा खटिएको पाँच जना प्रहरी टोलीले बाटो खुलाउने प्रयास भईरहेको जानकारी दिएका छन् ।
पहिरोका कारण सवारी आवागमन ठप्प भएको छ। अवरुद्ध क्षेत्र इलाका प्रहरी कार्यालय चुनवाङबाट करिब ३ किलोमिटर पश्चिम तर्फ रहेको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार लगातारको वर्षाका कारण पहिरोको जोखिम अझै कायमै रहेको छ। सम्बन्धित निकायले यथाशीघ्र पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको जनाएको छ।



































प्रतिक्रिया