समाज

चट्याङ लागेर एक जना घाइते



रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका, वडा नम्बर ८ लम्पाकोटका १८ वर्षीय भरत गिरी चट्याङ लागेर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वकाअनुसार बुधवार साझँ ५ः ३० बजे घरमा बसि राखेको अवस्थामा एक्कासी चट्याङ लागेर घाइते भएका थिए । चट्याङबाट गिरिको टाउकोमा गहिरो चोट लागेको र निजलाई जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

यसैक्रममा, जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले वर्षातको समयमा सर्वसाधारणलाई विपदबाट हुनसक्ने जोखिमबाट सुरक्षित र सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित : ९ आश्विन २०८२, बिहिबार, ,