रुकुम पूर्वको भूमे गाउँपालिका–१ स्थित चुङ्गुरी खर्कमा नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेशको बैठक भदौ १४ गते सम्पन्न भई ‘चुङ्गुरी खर्क घोषणा पत्र २०८२’ जारी गरिएको छ ।
छ बुँदे यस घोषणा पत्रमा दिगो वन व्यवस्थापनलाई पहाडी र हिमाली क्षेत्रसम्म विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । साथै, ई–बिडिङ, ड्रोन, स्पाइ क्यामेरा र सफ्टवेयरको प्रयोगमार्फत वन क्षेत्रको पारदर्शिता कायम गर्ने, अवैध कटानी तथा चोरी–शिकार नियन्त्रण गर्ने र तथ्याङ्कमा आधारित निर्णय प्रक्रियालाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।
घोषणा पत्रमा लुम्बिनी प्रदेशमा स्वतन्त्र वन परिषद् स्थापनाको माग गरिएको छ । साथै, चुङ्गुरी खर्कलाई पर्यापर्यटन गन्तव्यका रूपमा विकास गर्ने र अतिक्रमित वनजग्गा दर्ता गर्ने सरकारी तयारीप्रति कडा आपत्ति पनि जनाइएको छ ।
नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेशले दिगो वन व्यवस्थापन, कानुनी शासन र पर्यावरण संरक्षणका लागि प्रदेश सरकार तथा सरोकारवालासँग सहकार्य गर्ने अपेक्षा व्यक्त गरेको छ ।














प्रतिक्रिया