राजनिती

एमाले रुकुम पूर्वले दुवै सभाका उम्मेदवार अन्तिम टुंगो लगायो



नेकपा एमाले रुकुम पूर्व जिल्ला कमिटीले आसन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

एमाले रुकुम पूर्वकी नेतृ भावना बुढाथोकीका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पूर्वबाट खेममान खड्का, आशा स्वर्णकार, चिन्तामणि दाहाल, मोहनभक्त बुढामगर र गोपालप्रसाद सुनारको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको छ ।

त्यसैगरी राष्ट्रियसभा निर्वाचनका लागि खुला पुरुषतर्फ नन्दलाल शर्मा र अपाङ्गता भएका व्यक्तिहरूको कोटाबाट रामलाल केसीको नाम सिफारिस गरिएको छ ।

शनिबार जिल्ला पार्टी कार्यालय रुकुमकोटमा बसेको जिल्ला कमिटीको सातौँ बैठकले उक्त निर्णय गरेको हो । बैठकमा पार्टी संगठन सुदृढीकरण र आगामी निर्वाचन रणनीतिबारे समेत छलफल गरिएको थियो ।।

प्रकाशित : २१ पुस २०८२, सोमबार, ,