नेकपा एमाले रुकुम पूर्व जिल्ला कमिटीको सातौँ बैठकले उपाध्यक्ष गोपाल रेउलेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । जिल्ला पार्टी कार्यालय रुकुमकोटमा शनिबार सम्पन्न बैठकले उपाध्यक्ष रेउलेलाई कार्यवाहक अध्यक्षको जिम्मेारी दिएको हो ।
जिल्ला कमिटी अध्यक्ष लिलामणि गौतम एघारौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएपछि पार्टीको मापदण्डअनुसार दोहोरो जिम्मेवारी लिन नमिल्ने भएकाले अर्को व्यवस्था नहुन्जेल वा जिल्ला अधिवेशन सम्पन्न नहुँदासम्म रेउलेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
बैठक जिल्ला कमिटी अध्यक्ष लिलामणि गौतमको अध्यक्षता तथा केन्द्रीय सदस्य खेममान खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बैठकमा नियमित रिपोर्टिङ, राजनीतिक छलफल तथा महाधिवेशनको पनि समिक्षा गरिएको थियो



































प्रतिक्रिया