समाचार

फोन गर्न डाँडा उक्लिन पर्ने बाध्यता



रुकुमपूर्वको भूमे गाउँपालिका–२ सैपातुङमा सडक घर दैलोमा पुगे पनि सञ्चार सेवा भने अहिले सम्म पुगेको छैन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने सैपातुङमा नेपाल टेलिकमको समेत सञ्चार सेवा नहुँदा त्यहाँका स्थानिय डाँडा माथि गएर फोन गर्नुपर्ने बाध्यता छ ।

बाहिर निस्किएका परिवारको सदस्यलाई फोन गर्न डाँडा नै काटेर सम्पर्कमा जोडिनु पर्ने समस्य भएको त्यहाँका स्थानीय सितल बुढाले बताउनुभयो । उहाँका अनुसार फोन गर्न कि डाँडा नै काटेर जानु पर्छ कि भने डाँडा माथि चढ्नु पर्छ ।

यहाँ घर दैलोमै सडक पुहँच भएपनि सञ्चार सेवा भने अझै लिन नसकेको भन्दै अर्का स्थानीय दिलकुमारी रोकाले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “कहिकतै अतिआवश्वक काम परेपनि कि त आफैले नै हिडेर गर्नुपर्छ । कि भने बाटो हिड्ने मान्छेको माध्यमबाट खबर पठाउनु पर्ने बाध्याता छ । यस बिषयमा स्थानीय सरकारको ध्यान गए यहाँका नागरिकले दुःख पाउने थिएनन् ।”

अर्का स्थानीय रमेश बुढामगरले पूर्वतर्फ र पश्चिमतर्फ अर्काे गाउँमा भने नेपाल टेलिकमको टावरले राम्रो काम गर्छ । यहाँको मात्र नभइ यस आसपासका गाउँलाई समेत फोन सेवामा जोड्नका लागि नेपाल टेलिकमको टावर गाबाङ डाँडाको सञ्चालनमा आए फोन सेवामा पनि सुविधा पाउने स्थानीय बुढामगरले बताउनुभएको छ ।

यसै क्रममा नेपाल टेलिकम रुकुमपूर्वका कार्यालय प्रमुख झुपलाल ओलीले भूमेको १ र २ को लागि टावर निर्माण भइसकेको र केहि समय पछि टावर सञ्चालनमा आउने बताउनुभयो । त्यहाँ महतमा रहेको टावरले काम नगर्ने हुनाले कम्पनीसँग समन्वय गरी टावर निर्माण कार्य थालिएको छ । ठेक्का विभिन्न कम्पनीले जिम्मा लिएर काम गर्नुपर्ने हुँदा ढिला भएको र जति सक्दो छिटो सञ्चालनमा आउने जानकारी गराउनुभयो ।

सैपातुङमा टावर नै नहुँदा यस्तो समस्या देखिएको भूमे गाउँपालिका–२ का वडाध्यक्ष नारायन पुनमगरले बताउनुभयो । उहाँका अनुसार टावर मर्मत कार्य जारी नै छ । तर अहिले भने महतको टावरले केही हतसम्म भएपनि काम गरेको भन्दै गाबाङमा टावर मर्मत कार्य भइरहेको जानकारी दिनुभएको छ । त्यस पछि भने यहाँका नागरिकले सञ्चार सेवा सहज रुपमा लिन सकिने वडाध्यक्ष पुनमगरले जानकारी दिनुभयो ।

प्रकाशित : २१ श्रावण २०८२, मंगलबार, ,