काठमाण्डौ, – टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन्।
फाइनल खेल जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार बेलुकी ४:४५ बजे सुरू हुने तय गरिएको छ।
शृङ्खलामा हालसम्म अपराजित रहेको न्युजिल्यान्ड उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ। यता, यसअघि न्युजिल्यान्डसँग हार व्यहोरेको दक्षिण अफ्रिका भने बदला लिन र उपाधि जित्ने दुवै उद्देश्यका साथ खेल्ने तयारीमा छ।














प्रतिक्रिया