रुकुमपूर्व — देशभरिका विद्यालय र विद्यार्थीहरूलाई लक्षित गर्दै ‘स्वच्छ डिजिटल प्रतिस्पर्धा कार्यक्रम’ आयोजना गरिने भएको छ।
विभिन्न राष्ट्रिय संघसंस्था तथा सरोकारवालाको सहकार्य र सहजीकरणमा पहिलोपटक देशभरका विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकले जनाएका छन्।
कार्यक्रममार्फत विद्यालय र विद्यार्थीहरूको शैक्षिक अवस्था पहिचान गरी त्यसलाई दस्तावेजीकरण समेत गरिनेछ। यो प्रतिस्पर्धा वार्षिक रूपमा सञ्चालन गरिने छ।
राष्ट्रिय नव प्रतिभा मञ्चको आयोजनामा हुने कार्यक्रममा लेखनकला (नेपाली तथा अङ्ग्रेजी), चित्रकला, नृत्य, गायन, वक्तृत्वकला लगायतका विभिन्न विधामा डिजिटल माध्यमबाट प्रतिस्पर्धा गराइनेछ।
कार्यक्रमलाई थप व्यवस्थित बनाउन र जिल्लाभित्रका पालिकाहरूमा शैक्षिक विकासको समान अवसर सुनिश्चित गर्न जिल्ला समन्वय समिति, रुकुमपूर्वसँग पत्राचार गरिएको आयोजक पक्षले जनाएको छ
विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्दै स्वस्थ प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको आयोजकको भनाइ छ।















प्रतिक्रिया