काठमाडौं, — सरकारले साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकमा १३ वटा निर्णय गरेको छ। बैठकले नेपाल आदिवासी जनजाति महासंघको चौथो अधिवेशनमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई स्वीकृति दिएको छ।
जापानको टोकियोमा हुने APG बैठक र FATF/ICRG/AP Joint Group बैठकमा अर्थ सचिव गोविन्ददाय अटुवाल सहभागी हुनेछन्। थाइल्याण्डको बैंककमा हुने South Asia Project Completion Workshop मा पनि सचिव अटुवालले प्रतिनिधित्व गर्नेछन्।
विद्युत् सुधारका लागि अन्तर्राष्ट्रिय विकास संघ (IDA) बाट १०० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरिएको छ। जापानको ओसाकामा हुने ‘नेपाल दिवस’ कार्यक्रममा उद्योग सचिव रामप्रसाद घिमिरे सहभागी हुनेछन्।
जर्मनी सरकारले अवैतनिक महावाणिज्यदूत लोकमान गौछुलाई पदक प्रदान गर्न नेपाल सरकारले स्वीकृति दिएको छ।
रुकुम पूर्वको सदरमुकाम पुन : सिस्ने गाउँपालिका वडा नम्बर ५ र ६ मा पर्ने रुकुमकोटमै कायम गर्ने निर्णय गरिएको छ । विद्युत् सञ्चार केन्द्र खोल्ने निर्णय पनि गरियो।
बझाङ, महोत्तरी, सिन्धुपाल्चोक र ललितपुरका विभिन्न स्थानमा सरकारी जमिनमा प्रशासनिक भवन निर्माण गर्न स्वीकृति दिइयो। युवासम्बन्धी कानुन संशोधन गरी संसदमा पेश गर्न स्वीकृति दिइयो।
















प्रतिक्रिया