रुकुमपूर्व । रुकुमपूर्वमा हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी सीता परियारलाई स्वागत गरिएको छ । बुधबार रुकुमपूर्वको सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा उनलाई स्वागत गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी परियारसँग नेपाल दलित मुक्तिमोर्चा, अखिल क्रान्तिकारी, संयुक्त उत्पीडित जातीय मोर्चा, विभिन्न पार्टीका प्रतिनिधिहरु लगायत पत्रकारहरूद्वारा भेटघाट सहित स्वागत तथा परिचय गरिएको थियो ।
स्वागत कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले जिल्लामा जातीय विभेद, अन्तरजातीय विवाहका कारण देखिएका समस्या, जबरजस्ती करणीका मुद्दा, विद्यार्थीलाई छात्रवृत्तिको पँहुच, शिक्षा तथा पर्यटनलगायतका विकास निर्माणका चुनौतीबारे धारणा राख्दै आवश्यक पहल गर्न प्रमुख जिल्ला अधिकारी परियारसमक्ष निवेदन गरेका छन् ।
प्रजिअ परियारले आफू चुनौतिपूर्ण अवस्थासँग हुर्किएको भन्दै हरेक समस्यालाई सकेसम्म समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्लामा रहेका विभिन्न चुनौतीलाई सम्बोधन गर्न रुकुमपूर्वका जनप्रतिनिधिहरूसँग पहिल्यै छलफल गरेर आफू जिल्लामा प्रवेश गरेको उनले बताए । साथै, उनले हरेक मुद्दालाई नजिकबाट नियाली समाधान गर्ने र शान्ति–सुरक्षा, विकास तथा समावेशी प्रशासनिक सेवालाई प्रभावकारी बनाउन सबैको साथको अपेक्षा गरेका छन् ।
बुधबार उनले राजनीतिक दलका प्रतिनिधिहरू, कार्यालयका कर्मचारी, दलित अभियन्ताहरू, पत्रकारलगायतसँग भेटघाट गर्दै सुझावसमेत संकलन गरेका छन् ।



































प्रतिक्रिया