समाचार

पहिरोका कारण सडक अवरुद्ध



रुकुमपूर्व । लगातारको वर्षाका कारण शुक्रबार बिहान करिब १०:३० बजे भूमे गाउँपालिका–५ वाबाङ खोला भित्री सडकखण्डमा ठूलो पहिरो खस्दा रुकुमकोट–देउखोला भित्री सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

घटनाबारे जानकारी मिल्नासाथ इलाका प्रहरी कार्यालय धाउनेबाट प्र.स.नि. तुलराम श्रेष्ठको नेतृत्वमा पाँच जनाको प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ।

पहिरोले सडक पूर्णरूपमा छेकिएपछि यातायात आवागमन पूर्ण रूपमा बन्द भएको छ, जसका कारण यात्रु तथा स्थानीयवासीलाई यात्रा गर्न धेरै समस्या देखिएको प्रहरीले जानकारी दिएको छ।

सडक खुलाउन स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि लगातारको वर्षाका कारण काममा कठिनाइ आइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ। साथै, मौसम अनुकूल भएलगत्तै सडक चाँडै सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : १३ भाद्र २०८२, शुक्रबार, ,