रुकुमपूर्व, असोज २ । राष्ट्रिय शिक्षा दिवस तथा संविधान दिवस २०८२ का अवसरमा शिक्षा विकास तथा समन्वय इकाई रुकुमपूर्वको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा सम्पन्न जिल्ला स्तरीय अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा सिस्ने–३ को जनता माध्यमिक विद्यालय पोखरा १६ अंकसहित प्रथम भयो ।
रुक्मिणी मावि रुकुमकोट ८ अंकसहित दोस्रो र जनजागृति मावि भूमे–६ ७ अंकसहित तेस्रो भए । विजेताले क्रमशः १०, ७ र ५ हजार रुपैयाँ पुरस्कार पाए। सहभागी १७ विद्यालयलाई २–२ हजार रुपैयाँ यातायात खर्च प्रदान गरियो ।
२०८१ सालको एसईईमा ३.६० जिपिएभन्दा माथि ल्याउने पाँच विद्यार्थीका अभिभावकलाई २ हजार रुपैयाँका दरले सम्मान गरियो । जनज्योति मावि जाङ र हिमशिखा बोर्डिङ स्कुललाई सबैभन्दा बढी विद्यार्थी उर्तिण गराएको भन्दै सम्मान गरिएको छ ।
कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख मेघ बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।














प्रतिक्रिया