भिडियाे

दलित मुक्तिका लागि सडक र सदनबाट शसक्त आन्दोलन आवश्यक : प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा वास्तविक दलित मुक्ति सुनिश्चित गर्नका लागि सडक र सदन दुवै बाट हस्तक्षेप गर्दै निर्णायक आन्दोलन आवश्यक रहेको बताउनुभयो ।

‘दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती’ विषयक विचार गोष्ठीमा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दलित अधिकार सुनिश्चित गर्न नीति निर्माण मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिनुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा पार्टी केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, मोर्चा केन्द्रीय पदाधिकारी तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित : १४ भाद्र २०८२, शनिबार, ,