समाचार

रुकुमपूर्वको सदरमुकाम पुनः विवादमा मुछियो



रुकुमपूर्वको सदरमुकाम सिस्ने गाउँपालिका–५ र ६ स्थित रुकुमकोटमा तोकिएको सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। प्रतिनिधिसभा सदस्य कुसुमदेवी थापा, प्रदेशसभा सदस्यहरू तथा दुई पालिकाका अध्यक्षहरूले दायर गरेको रिटमा सरकारले मापदण्ड र जनभावनाको बेवास्ता गरेको दाबी गरिएको छ।

साउन १२ गते राजपत्रमा प्रकाशित निर्णयविरुद्ध दर्ता गरिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले बिहीबार सरकारलाई कारण देखाउन अन्तरिम आदेश जारी गरेको छ।

यसअघि, २०७४ मा देउवा सरकारले सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, गोल्खाडा तोकेको थियो, जुन निर्णय पनि विवादित बनेको थियो। त्यसपछि दुवै पक्षबाट आन्दोलन भएका थिए, र सर्वोच्च अदालतले २०७५ मा संवैधानिक इजलासबाट सुनुवाइ गर्ने निर्णय गरेको थियो।

२०८० भदौ २७ मा सर्वोच्चले मापदण्डको आधारमा सदरमुकाम तोक्न परमादेश दिएको भए पनि सरकारले पुनः अध्ययन नगरी रुकुमकोट तोकेको भन्दै रिट दायर गरिएको हो।

प्रकाशित : १६ श्रावण २०८२, बिहिबार, ,