‘नेपाली टोपी: हाम्रो पहिचान’ भन्ने नाराका साथ १३ वर्षदेखि राष्ट्रिय टोपी दिवस मनाइँदै आएको छ । नेपाली पहिचानको प्रतीकका रूपमा दौरा–सुरुवाल, टोपी र गुन्यु–चोलीलाई युवामाझ स्थापित गर्न २०७० सालदेखि राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाउन थालिएको हो । विशेषज्ञहरूका अनुसार नेपाली टोपी केवल पहिरन मात्र होइन, हाम्रो सांस्कृतिक पहिचान र ऐतिहासिक गौरवको प्रतीक हो ।…