रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ सुर्दीमा फोहोर विसर्जनका लागि खाडल निर्माण गरिएको छ । नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) फिल्ड कार्यालय सुर्दीको पहल र स्थानीयवासीको श्रमदानमा खाडल तयार गरिएको हो ।
गाउँमा संकलित प्लास्टिकजन्य फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि निर्माण गरिएको उक्त खाडल बनाउन प्रत्येक घरबाट एक–एक सदस्यले करिब तीन घण्टा श्रमदान गरेका थिए ।
खाडल निर्माण कार्यमा सुर्दी टोल विकास समितिका अध्यक्ष सुरेश रामजाली, मिक नेपालका सामाजिक परिचालक नन्दलाल घर्ती र स्वयंसेवक दलबहादुर घर्तीको सक्रिय सहभागिता रहेको थियो ।
टोल विकास समितिका अध्यक्ष सुरेश रामजालीले गाउँलाई सफा राख्न र रोगको जोखिम कम गर्न सबै घरका सदस्यको संयुक्त श्रमदान प्रशंसनीय भएको बताए । गाउँको विकास र स्वच्छ वातावरणका लागि यस्ता अभियान निरन्तर आवश्यक रहेको उनले बताए ।
फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल)ले स्थानीयवासीलाई निरन्तर सहकार्यका लागि आग्रह गरेको छ ।



































प्रतिक्रिया