खेदकुद

सिस्ने गाउँपालिकाबाट तेक्वान्दो खेलाडीलाई सामग्री सहयोग



रुकुमपूर्व, — सिस्ने गाउँपालिकाले तेक्वान्दो खेल क्षेत्रलाई सशक्त बनाउन खेलाडीहरूलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा आयोजित कार्यक्रममा अध्यक्ष कृष्ण रेग्मी र शाखा प्रमुख मंगल सिंह बुढाले संयुक्त रूपमा सामग्री वितरण गर्नुभयो।

अध्यक्ष रेग्मीले युवाहरूलाई अनुशासित, स्वस्थ र सकारात्मक बनाउने माध्यमका रूपमा खेलकुदलाई हेर्नुपर्ने बताउँदै खेल प्रवर्धनका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

खेल सामग्री पाएपछि प्रशिक्षक अमिन एबल बि.सी.ले गाउँपालिकाप्रति आभार व्यक्त गर्दै तेक्वान्दोको नियमित अभ्यास र प्रतिस्पर्धा मार्फत जिल्लालाई चिनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानीय प्रशिक्षक, खेलप्रेमी र खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रकाशित : २३ श्रावण २०८२, बिहिबार, ,