राप्ती, साउन २० — राप्ती इन्जिनियरिङ कलेजमा अध्ययनरत डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरूको सम्मानमा एक भव्य बिदाई कार्यक्रम आयोजना गरिएको छ। तीन वर्षे डिप्लोमा अध्ययन सफलतापूर्वक सम्पन्न गरेका २६ जना विद्यार्थीहरूलाई सम्मानपूर्वक विदाइ गरिएको हो।
कार्यक्रमको शुरुवात राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि स्वागत मन्तव्य, कविता वाचन, सांस्कृतिक प्रस्तुति, बिदाई सम्बोधन लगायतका विविध कार्यक्रमहरू प्रस्तुत गरिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि एवं कलेजका प्राचार्यले विद्यार्थीहरूलाई शुभकामना दिँदै भने, “तपाईंहरू भविष्यका डिजिटल नेतृत्वकर्ता बन्नुहुनेछ। इमानदारी, सीप र निरन्तर परिश्रमले तपाईंहरूलाई सफलता दिलाउनेछ। राप्ती कलेजले सधैं तपाईंहरूमा गर्व गर्नेछ।”
विदाई हुँदै गरेका विद्यार्थीहरूको तर्फबाट एक प्रतिनिधिले मन्तव्य दिँदै कलेज, शिक्षक र सहपाठीहरूप्रति आभार प्रकट गरे। उनले भने, “हामीले यहाँ बिताएका क्षणहरू हाम्रो जीवनका अमूल्य स्मृति बनेका छन्। अब हामी यहाँबाट विदा हुँदैछौं, तर राप्ती कलेज सधैं हाम्रो मनमा रहनेछ।”
कार्यक्रममा कनिष्ठ विद्यार्थीहरूले गीत, नृत्य र नाटक प्रस्तुत गरेर वातावरणलाई उत्साहजनक बनाएका थिए। अन्त्यमा स्मृति चिन्ह वितरण, सामूहिक फोटो सेसन र समापन मन्तव्यसहित कार्यक्रम सम्पन्न गरिएको थियो।
विद्यार्थीहरूमा उत्साह, जोश र भविष्यप्रतिको आशा झल्किने यो कार्यक्रम स्मरणीय र सफल रहेको सहभागीहरूको भनाइ छ।








प्रतिक्रिया