विश्व

धार्मिक हिंसामा संलग्नलाई अमेरिकाको कडा कदम: अब भिसा बन्द



अमेरिकी सरकारले ख्रीष्टियनहरूमाथि हिंसा, हत्या वा यस्तो घटनालाई समर्थन गर्ने व्यक्तिहरूलाई अब अमेरिकी भिसा नदिने निर्णय गरेको छ । यस्तो गतिविधिमा संलग्न व्यक्तिका परिवार सदस्यहरू पनि यसै नीतिभित्र पर्नेछन् ।

अबुजास्थित अमेरिकी दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ—धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघन गर्ने जो–कोहीमा अब कडा कारबाही हुनेछ ।

यसै सन्दर्भमा अमेरिकी विदेश मन्त्रालयका सचिव मार्को रुबियोले भनेका छन् — “अमेरिका ख्रीष्टियनहरूमाथि भइरहेको अत्याचार हेरेर बस्न सक्दैन । धार्मिक स्वतन्त्रता तोड्ने कुनै पनि व्यक्ति वा सरकारलाई भिसा दिइने छैन ।”
उनका अनुसार आप्रवासनसम्बन्धी कानुनको प्रावधान प्रयोग गरेर यो निर्णय लागू गरिएको हो ।

विज्ञप्तिमा विशेषगरी नाइजेरियामा ख्रीष्टियनहरूमाथि आतंकवादी समूह, फुलानी मिलिसिया र अन्य हिंसात्मक समूहहरूले गरिरहेका हत्या, आक्रमण र डर देखाउने घटनाहरूलाई यस कदमको मुख्य कारणका रूपमा उल्लेख गरिएको छ ।

प्रकाशित : २५ मंसिर २०८२, बुधबार, ,