विश्व

विश्वले स्वागत गर्यो ईस्वी संवत् २०२६ को नयाँ अध्याय



विश्वले स्वागत गरेको नयाँ वर्ष २०२६ इस्वी संवत्  नेपाली पात्रो अनुसार भने हामि २०८२ साल मा छौ । जब विश्वमा इस्वी संवत् २०२६ सुरु भएको थियो, नेपालमा नेपाली पात्रो अनुसार २०८२ साल सुरु भएको थियो । यसले देखाउँछ कि नेपाली पात्रो र इस्वी संवत् बीच करिब ५६–५७ वर्षको अन्तर छ ।

समय गणनाका विभिन्न प्रणालीमाथि ध्यान दिँदा, आज पनि धेरै देशले  AD भन्नाले Anno Domini प्रभुको वर्ष भन्ने हुन्छ भने
BC भन्नाले Before Christ येशू ख्रीष्ट अघि भन्ने हुन्छ ।प्रणाली प्रयोग गर्छन् भने केहीले इस्वी संवत्/ईसा पूर्व प्रयोगमा ल्याएका छन् । ख्रीष्टियन विद्वानहरूको अध्ययन अनुसार येशू ख्रीष्टको जन्म इस्वी संवत् १ मा नभई  ईसा पूर्व ४–६ को आसपास भएको हुन सक्ने सम्भावना बढी छ । यो प्रारम्भिक पात्रो गणनामा भएको मानवीय त्रुटि हो, तर यसले येशू ख्रीष्टको अस्तित्व, जीवन र मानव इतिहासमाथिको प्रभावलाई कमजोर बनाउँदैन ।

नेपालमा समय गणना प्रणाली मुख्यतः विक्रम संवत् प्रयोगमा भए पनि, सरकारी, शैक्षिक र अन्तर्राष्ट्रिय कामका लागि इस्वी संवत्/ईसा पूर्व पनि प्रयोग गरिन्छ । यसैले नयाँ बर्ष  इस्वी संवत् २०२६ इतिहासमा येशू ख्रीष्टको जीवन र शिक्षाको महत्व सम्झाउने अवसर पनि हो ।

समय केवल अंकमा मात्र छैन; यसले हामीलाई भविष्यमा आशा, मार्गदर्शन र जीवनका मूल्यहरू सम्झाउँछ ।  इस्वी संवत्/ईसा पूर्व प्रणालीमा भएको गणनाले स्मरण गराउँछ कि इतिहास मानवले बनाउँछ तर यसको केन्द्रबिन्दु येशू ख्रीष्ट नै हुनुहुन्छ ।

प्रकाशित : १७ पुस २०८२, बिहिबार, ,