विश्व

रुसमा शक्तिशाली भूकम्प, प्रशान्त क्षेत्रमा सुनामीको त्रास



रुसको सुदूरपूर्वी कामचात्का प्रायद्वीपमा जुलाइ २९ मा गएको ८.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पले प्रशान्त क्षेत्रभरि सुनामीको त्रास फैलिएको छ। समुद्र सतहबाट १९ किलोमिटर गहिराइमा केन्द्रित यो भूकम्पपछि ४–५ मिटर उचाइको सुनामी लहर कामचात्काबाट उठेको थियो।

रुसपछि जापान र अमेरिकाका तटीय क्षेत्रमा समेत सुनामीको असर देखिएको छ। अमेरिका विशेषगरी वाशिङ्टन, ओरेगन, उत्तर क्यालिफोर्निया, अलास्का र हवाई जस्ता राज्यहरू प्रभावित बनेका छन्।

जापानले तटीय क्षेत्रका झन्डै २० लाख मानिसलाई सुरक्षित स्थानमा सार्न आदेश दिएको छ भने अमेरिकाले पनि सुनामी चेतावनी जारी गर्दै तटीय क्षेत्रमा आपतकालीन सतर्कता अपनाएको थियो।

सीएनएनका अनुसार यो भूकम्प विश्वको छैटौं शक्तिशाली भूकम्पका रूपमा सूचीकृत भएको छ।

इतिहासका १० शक्तिशाली भूकम्पहरू:

मिति तीव्रता केन्द्रबिन्दु

१९६० मे २२ ९.५ भाल्दिभिया, चिली
१९६४ मार्च २८ ९.२ ग्रेट अलास्का, अमेरिका
२००४ डिसेम्बर २६ ९.१ सुमत्रा-अन्डमान, इन्डोनेसिया
२०११ मार्च ११ ९.१ तोहुकु, जापान
१९५२ नोभेम्बर ४ ९.० कामचात्का, रूस
२०२५ जुलाइ २९ ८.८ पेट्रोपावलोस्क-कामचतास्की, रूस
२०१० फेब्रुअरी २७ ८.८ मउला, चिली
१९०६ जनवरी ३१ ८.८ इक्वेडर-कोलम्बिया
१९६५ फेब्रुअरी ४ ८.७ र्‍याट आइल्याण्ड, अलास्का
१९५० अगस्ट १५ ८.६ असाम-तिब्बत

स्रोत: CNN, The New York Times

प्रकाशित : १५ श्रावण २०८२, बुधबार, ,