रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ अम्लाचौरका ३२ वर्षीय तिलक के.सी. सर्पले टोक्दा घाइते भएका छन्। मंगलबार दिउँसो घर नजिकैको बारीमा घाँस काट्ने क्रममा एक्कासि बाँया हातको बुढी औँलामा हरियो सर्पले टोकेपछि उनी घाइते भएका हुन्। सर्पले टोकेलगत्तै दिउँसो १:१० बजे जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट प्रहरी हवलदार राजेश भाटको कमाण्डमा तीन जनाको प्रहरी टोली खटिएको थियो।…