रोल्पा —केही दिनदेखि सम्पर्कविहीन रहँदै आएका थबाङ गाउँपालिकाका सात जना कर्मचारी हिजो रातिदेखि सकुशल रूपमा सम्पर्कमा आएका छन्। उनीहरू कामका लागि रुकुम पूर्व तर्फ गएका थिए। मोबाइल सञ्जाल नहुँदा कार्यालय र परिवारसँगको सम्पर्क टुटेको थियो, जसले सबैलाई चिन्तित बनाएको थियो। प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालका अनुसार हिजो राति प्रमुख प्रशासकीय अधिकृतसँग फोनमा कुराकानी भएको थियो।…