समाचार

पृथ्वी नजिकै चार क्षुद्र ग्रह देखिए, वैज्ञानिक सतर्क



पृथ्वीको नजिक चारवटा क्षुद्र ग्रह देखिएको भन्दै वैज्ञानिकहरू सचेत भएका छन्। तीमध्ये केही क्षुद्र ग्रह सन् २०२९ र २०३२ मा पृथ्वीको निकै नजिक आइपुग्ने अनुमान गरिएको छ।

‘अपोफिस’ नामक क्षुद्र ग्रह सन् २०२९ मा पृथ्वीबाट करिब ३२ हजार किलोमिटर टाढाबाट गुज्रनेछ। यसको आकार लगभग ३४० मिटर रहेको वैज्ञानिकहरू बताउँछन्। उक्त ग्रह नाङ्गो आँखाले देख्न सकिने पनि जनाइएको छ।

त्यस्तै, ‘२०२४ वाईआर-फोर’ नामको अर्को क्षुद्र ग्रह सन् २०३२ मा पृथ्वीको कक्षामा आइपुग्नेछ। वैज्ञानिकहरूका अनुसार यसले चन्द्रमासँग ठोक्किन सक्ने ३.८ प्रतिशत सम्भावना अझै बाँकी रहेको छ।

यस्तै, नासाले ‘डिडिमोस’ र ‘डिमोर्फोस’ नामका क्षुद्र ग्रहहरूको अध्ययनका लागि ‘डार्ट मिसन’ अन्तर्गत परीक्षण गरेको थियो। यसमार्फत भविष्यमै कुनै क्षुद्र ग्रह पृथ्वीमा ठोक्किने खतरा भए त्यसलाई मोड्न सकिन्छ कि भनेर जाँच गरिएको हो।

‘साइकी’ नामको अर्को क्षुद्र ग्रहलाई पनि वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन्। यो ग्रह मुख्यतया धातुबाट बनेको मानिन्छ र ग्रहहरूको बनावट बुझ्न उपयोगी हुने विश्वास गरिएको छ।

हालै, भेरा रुबिन नामक वेधशालाले १० घण्टामा २ हजारभन्दा बढी नयाँ क्षुद्र ग्रहहरू फेला पारेको छ। वैज्ञानिकहरूका अनुसार यस्ता ग्रहहरूको निगरानी अत्यावश्यक छ, ताकि समयमै खतरा थाहा पाइएर सुरक्षा उपाय अपनाउन सकियोस्।

प्रकाशित : २३ असार २०८२, सोमबार, ,