काठमाडौं — हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित भएकाले हाल देशका अधिकांश भागमा सामान्य बदली मात्र देखिएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ। साथै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी पनि चल्न सक्ने सम्भावना छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना समेत रहेको छ, जसले गर्दा ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।














प्रतिक्रिया