लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभाबाट ३८ अर्ब ९१ करोडको बजेट स्वीकृत



लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्ताव गरेको बजेट बहुमतको आधारमा पारित गरिएको छ। बुधबार बसेको प्रदेश सभाको बैठकले बजेटमाथि छलफलपछि मतदान गराउँदै स्वीकृति दिएको हो।

प्रदेश सरकारले आगामी वर्षका लागि कुल ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्ताव गरेको थियो। स्वीकृत बजेटमा चालु खर्चतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ, जुन कुल बजेटको ३०.८८ प्रतिशत हो, विनियोजन गरिएको छ। यस्तै, पुँजीगत खर्चतर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ अर्थात् ६०.३२ प्रतिशत छुट्याइएको छ।

बजेट पारित भएसँगै प्रदेश सरकारले सार्वजनिक सेवा, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता प्राथमिक क्षेत्रमा कार्यान्वयन तीव्र पार्ने जनाएको छ।

प्रकाशित : १९ असार २०८२, बिहिबार, ,