दुर्घटना

भूमे–३ मा समान बोकेको जिप दुर्घटना



रुकुम पूर्व । रुकुम पूर्वबाट सल्यानतर्फ जाँदै गरेको एक पिकअप जिप दुर्घटना भएको छ । शुक्रबार भूमे गाउँपालिका–२ खाबाङबगरमा समान अनलोड गरी सल्यानतर्फ जाँदै गरेको लु २ च २९४१ नम्बरको जिप जितखोलामा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

दुर्घटना शुक्रबार दिउँसो करिब ३ बजे भएको हो । सो दुर्घटनामा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लालबहादुर बिकले जानकारी दिए ।

दुर्घटनाग्रस्त जिप सल्यान बागचौर नगरपालिका–१ का २८ वर्षीय सरोज बस्नेतले चलाएका थिए । जिपमा चालकसहित दुई जना सवार रहेका थिए भने मानवीय क्षति नभएको सूचना अधिकारी बिकले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, जिपको स्टेरिङ अचानक लक हुँदा दुर्घटना भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक कर्णबहादुर खड्काको कमाण्डमा चार जनाको प्रहरी टोली खटिएको थियो ।

प्रकाशित : २४ आश्विन २०८२, शुक्रबार, ,