समाचार

काँक्रि–तकसेरा सडक खण्ड चार दिनपछि सञ्चालनमा



रुकुम पूर्व,– लगातारको वर्षाले अवरुद्ध भएको सहिद मार्ग अन्तर्गतको काँक्रि–तकसेरा सडक खण्ड चार दिनपछि पुनः सञ्चालनमा आएको छ।

पुथा उत्तरगंगा गाउँपालिका–१२ स्थित दिखिउमा गएको पहिरो हटाएपछि बुधबार साँझ सडक खुलाइएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव बिकका अनुसार तीन वटा स्काभेटर प्रयोग गरी पहिरो पन्छाइएको हो।

सडक खुलिए पनि वर्षाको कारण जोखिम कायमै रहेकाले आवश्यक सतर्कताका साथ यात्रा गर्न आग्रह गरिएको छ। गाउँपालिकाले मौसम र बाटोको अवस्था हेरी मात्र अत्यावश्यक यात्रामा निस्कन सवारी चालक र यात्रुहरूलाई अनुरोध गरेको छ।

प्रकाशित : २३ श्रावण २०८२, बिहिबार, ,