काठमाडौं, साउन १३ – हिन्दू धर्मावलम्बीहरूले आज नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजा गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइरहेका छन्।
श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा नाग, सर्प लगायत जीवको पूजा गर्दा आपदाबाट जोगिन सकिने जनविश्वास छ।
काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागस्थानहरूमा विशेष पूजा-अर्चना भइरहेको छ।
नागपूजासँगै वैदिक सनातनी चाडपर्वको सुरुआत हुने धार्मिक मान्यता रहेको छ।








प्रतिक्रिया