समाचार

सचेत युवा समाज नेपाल रुकुम पश्चिमद्धारा ९ बुँदे मागसहित ज्ञापन पत्र पेस



रुकुम पश्चिम । सचेत युवा समाज नेपाल रुकुम पश्चिमले दशैं–तिहारमा हुनसक्ने समस्या लक्षित गर्दै ९ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीलाई ज्ञापन पत्र बुझाएको छ ।

आईतबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा उक्त माग राख्दै ज्ञापनपत्र बुझाएको सचेत युवा समाज नेपाल रुकुम पश्चिमका सचिव सोमपाल कामीले जानकारी दिए । सचिव कामीका अनुसार चाडपर्वमा बढ्ने महंगी नियन्त्रण, कालोबजारी रोकथाम, उपभोक्तालाई सस्तो र गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने जस्ता बिषयलाई सम्बोधन गरि ज्ञापन पत्र बुझाइएको हो ।

पत्रमा वैज्ञानिक भाडादर कायम गर्ने, सडक मर्मत गर्ने जस्ता मागलाई पनि सम्बोधन गरिएको सचिव कामीले जानकारी दिए । यस्तै, अपराध नियन्त्रण, ऋणीलाई सहजीकरण, अवैध दोहन र भ्रष्टाचार रोकथाम, फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने लगायतका मागहरु पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र सचेत युवा समाज नेपाल रुकुम पश्चिमका सचिव सोमपाल कामीको नेतृत्वमा बुझाइएको थियो ।

प्रकाशित : २९ भाद्र २०८२, आइतबार, ,