रुकुमपूर्व । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल पुथाउत्तरगंगा गाउँसमितिको पहिलो बैठक सोमबार तकसेरामा सम्पन्न भएको छ । सेन्टर पालिकाका अध्यक्ष सागर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले ५ सदस्यीय समितिलाई विस्तार गर्दै ७ सदस्यीय कार्य समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष संगम रोकामगरले प्रेस सेन्टरलाई जिम्मेवार र जनपक्षीय पत्रकारितामा सक्रिय रहन आग्रह गर्नुभयो ।
बैठकले आगामी पत्रकारिता तालिममा सहभागिता जनाउने, पार्टी तथा पालिका सरकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने र उत्पीडित समुदायको आवाजलाई सबल बनाउने निर्णयसमेत गरेको छ ।














प्रतिक्रिया