समाचार

पोखरामा फेला पर्‍यो सम्पर्कविहीन हायु परिवार



काठमाडौँ — विगत केही दिनदेखि सम्पर्कविहीन बनेको सिन्धुलीको हायु परिवार पोखरामा फेला परेको छ।

सिन्धुली प्रहरीका अनुसार उर्मिला हायुको परिवार गाडी रिजर्भ गरेर पोखरा घुम्न गएका थिए। प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले पोखरामै उनीहरू रहेको पुष्टि गर्दै खोजी कार्य रोकिएको जानकारी दिए।

प्रहरीका अनुसार परिवारका सदस्यहरूले बिहीबार सामाजिक सुरक्षा भत्ता बुझेका थिए भने शुक्रबार सुँगुर काटेर खाएका थिए। त्यसपछि राति नै हेटौँडा–मुग्लिन मार्ग हुँदै पोखरा पुगेका थिए।

उनीहरूलाई पोखरा पुर्याउने चालक पनि प्रहरी सम्पर्कमा आएका छन्। हराएको भनिएको हायु परिवारका छोरी–ज्वाइँ भने काठमाडौँबाट सम्पर्कमा आएका थिए।

प्रकाशित : १३ श्रावण २०८२, सोमबार, ,