रुकुम पूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जंगली च्याउ खाँदा बिरामी भएका अर्को एक जनाको पनि मृत्यु भएको छ। मंगलबार राति करिब ११:४५ बजे बिरामीमध्ये ७ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ।
जंगली च्याउ खाएर गम्भीर भएका तीन जना बिरामीलाई सल्यान अस्पतालमा रेफर गरिएको थियो। जसमध्ये ३ वर्षीय बालक योजन विकको मङ्गलबार दिउँसो करिब ३ बजे मृत्यु भएको थियो। बाँकी दुई जनालाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङ रेफर गरिएको थियो। उपचारको क्रममा ७ वर्षीया भाग्यरेखा विकको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।
जंगली च्याउ खाँदा बिरामी हुने चारै जना एउटै घरका परिवार हुन्। तीमध्ये दुई जनाको ज्यान गएको पुष्टि भएको छ भने एक जनाको थप उपचार भइरहेको छ। तीमध्ये एक जनाको अवस्था मध्यम रहेको र उनलाई जिल्ला अस्पताल सल्लेमा उपचार गरिँदैछ।















प्रतिक्रिया