रुकुम पूर्व, — नेपाल टेलिकमले रुकुम पूर्वको तकसेरामा साउन १ गते निःशुल्क सिम वितरण गर्ने भएको छ। नेपाल टेलिकमबाट हुने सेवा प्रवाह त्यहाँका नागरिकले सजिलै पाउन सक्ने उद्देश्यका साथ नेपाल टेलिकम रुकुमपूर्वले निःशुल्क सिम विवरण गर्न लागेको हो ।
नेपाल टेलिकम रुकुम पूर्वका प्रमुख झुपलाल ओलीका अनुसार, सिम वितरण कार्यक्रम तकसेरामा आयोजना गरिएको छ। उहाँले उक्त कार्यक्रम स्थानीयस्तरमै सेवा विस्तार गर्ने उद्देश्यले ल्याइएको जानकारी दिनुभयो।
सिम प्राप्त गर्न चाहने सेवाग्राहीलाई नागरिकताको फोटोको प्रतिलिपि र एक प्रति पासपोर्ट साइजको फोटो साथमा ल्याउनुपर्ने नेपाल टेलिकम रुकुमपूर्वका प्राविधिक प्रमुख शिखर ओलीले बताउनुभयो। उहाँले समयमै आवश्यक कागजातसहित उपस्थित भइ निःशुल्क सिम लिन सेवाग्राहीहरूलाई आग्रह गर्नुभएको छ।
यो जानकारी बाहिरिएपछि पुथाउत्तरगंगा गाउँपालिकाका धेरै नागरिकहरूले नेपाल टेलिकमको सेवा सुविधामा पहुँच सहज हुने आशा व्यक्त गरेका छन्। सो कार्यक्रममार्फत स्थानीय बासिन्दाहरूले सजिलै टेलिकमको सेवा सुविधा लिन सक्ने अपेक्षा गरिएको छ ।














प्रतिक्रिया