✍️ कमला के.सी.
जीवन सधैं सजिलो हुँदैन। कहिले काँही अन्धकार गाढा देखिन्छ, तर सम्झनुहोस् — त्यो अन्धकार चिर्न एउटा सानो उज्यालो पनि काफी हुन्छ।
जिन्दगी समस्याहरूको संगालो हो, तर ती समस्यासँगै समाधान पनि आउँछ। फूलझैँ कोमल र सुन्दर यो जीवन कुनै पनि परिस्थितिमा पनि झारझैंँ फ्याँक्न लायक छैन।
जब पीडा भारी लाग्छ, हामीले एक-अर्कालाई साथ दिनु पर्छ। मनका कुरा खोलौं, दुख साटौं — किनकि साझा पीडा आधा हुन्छ।
आउनुस्, संकटमा सहारा बनौं, निराशामा आशाको दियो बालौं।
जीवन जीउन सिकौं — मर्न होइन, बाँच्न सिकौं।
जीवनसुन्दरछ 🌼
तनावव्यवस्थापन 🧠
Hope 💫
MentalHealth 💚
सुभसन्ध्या!








प्रतिक्रिया