विद्या भण्डारीलाई रोक्ने प्रयास एमालेको सांगठनिक संकटको संकेत – प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) मा गम्भीर वैचारिक र सांगठनिक संकट देखिएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यताबाटै रोक्ने प्रयास भएको बताए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि जनताको बहुदलीय जनवाद (जबज) का उत्तराधिकारी आफू मात्र भएको…