काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठकका लागि एजेन्डा तय गरेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले साउन १६ गते (पर्सि शुक्रबार) सुरु हुने स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो।
पर्सि बस्ने बैठकमा पार्टी अध्यक्षले वर्तमान राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, पोखरामा आएर रोकिएको पार्टी अभियानलाई निरन्तरता दिने, पार्टीको आन्तरिक एकता सुदृढ गर्ने र समाजवादी मोर्चासम्बन्धी विषयमा छलफल गर्ने एजेन्डा तय गरिएको माओवादी केन्द्रले जनाएको छ।



































प्रतिक्रिया