विश्व

पाकिस्तानमा सिंह र बाघ पाल्ने मोह, सरकारले गर्‍यो कडाइ



पाकिस्तानको लाहोरमा सिंह, बाघ र चितुवा जस्ता ‘ठूला बिरालो’ पाल्ने मोह तीव्र रूपमा बढ्दो छ। सामाजिक सञ्जालमार्फत यस्तो क्रेज अझै फैलिएको छ।

तर केही दिनअघि लाहोरमा एक घरपालुवा सिंहले महिला र दुई बालबालिकामाथि आक्रमण गरेपछि सरकारले कडा कदम चालेको छ। अब प्रत्येक जनावरका लागि ५० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने, फार्ममा बढीमा १० वटा जनावर मात्र राख्न पाइने, र नियम उल्लङ्घनमा ७ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था गरिएको छ।

सरकारले अवैध रूपमा सिंह र बाघ पाल्नेहरूविरुद्ध निगरानी बढाएको छ भने पशु अधिकारकर्मीहरूले चिडियाखानाको अवस्था सुधार गर्न र स्पष्ट नीति बनाउनु पर्ने माग गरेका छन्।

प्रकाशित : ११ श्रावण २०८२, शनिबार, ,