रुकुमपूर्व,— रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ स्थित झाँक्री खोलामा लुकाइछिपाई राखिएको एक नाल वेवारिसे भरुवा बन्दुक प्रहरीले फेला पारेको छ। आज अस्थायी प्रहरी कार्यालय धपेको प्रहरी टोलीले गस्तीको क्रममा उक्त बन्दुक फेला परेको हो ।
बन्दुक झाँक्री खोला नजिकैको ओढारमा फेला पारेको अस्थायी प्रहरी पोष्ट धपेले जनाएको छ । बन्दुक सावुत अवस्थामा भेटिएको र त्यसलाई रीतपूर्वक मुचुल्का तयार गरी कार्यालय ल्याइएको जिल्ला प्रहरी कार्यालय सूचना प्रविधि शाखाले जनाएको छ । हाल सोही विषयमा थप अनुसन्धान भइरहेको छ।














प्रतिक्रिया