काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा गण्डकी प्रदेशको कास्कीस्थित लुम्लेमा १३०.४ मिलिमिटर मापन गरिएको छ। दोस्रो धेरै वर्षा सिन्धुपाल्चोकको सेर्माथङमा ८६ मिलिमिटर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा र न्यून चापीय प्रणालीको प्रभावका कारण कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा शनिबार साँझदेखि सोमबार बिहानसम्म भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
वर्षाको जोखिम सूचक अनुसार गाढा पहेँलो सतर्कता तहमा रहेकोले सतर्क रहन विभागले आग्रह गरेको छ।








प्रतिक्रिया